लन्डन । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। क्यान्सरको प्रकारबारे खुलाइएको छैन। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ। क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको…