दक्षिण अफ्रिकाद्वारा इजराइलमाथि नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप

दि हेग । दक्षिण अफ्रिकाले बिहीबार इजराइलमाथि संयुक्त राष्ट्रसंघीय नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप लगाएको छ । अक्टोबर ७ मा हमासले गरेको घातक हमलाले पनि त्यस्ता कथित कार्यहरूलाई औचित्य पुष्टि गर्न नसक्ने उसले बताएको छ । प्रिटोरियाले इजराइललाई उसको सैन्य कारबाही ‘तत्काल निलम्बन’ गर्न बाध्य बनाउनका लागि अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा तत्काल अपिल गरेको छ…