फ्रान्सका सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई पूरै शरीर ढाक्ने कपडा पोसाक अबाया (बुर्काजस्तै देखिने पोसाक) लगाउन प्रतिबन्ध लगाइएको छ । बुर्काजस्तै देखिने यो पहिरन मुस्लिम धर्मावलम्बीहरुले विद्यालयमा पनि लगाउन थालेपछि धर्म निरपेक्ष मुलुक फ्रान्सले प्रतिबन्धको घोषणा गरेको हो । कसैको पहिरन हेरेर धर्म पहिचान गर्न सक्ने भएकाले अबायालाई विद्यालयमा प्रतिबन्ध लगाइएको फ्रान्सका शिक्षा मन्त्री गाब्रिएल अट्टलले…