बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगलाई बहुमत

ढाका । बंगलादेशमा हिजो सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले बहुमत हासिल गरेको छ । जारी मत गणनामा प्रधानमन्त्री हसिनाको दलले १ सय ५६ सिटमा जितिसकेको छ । ४८ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । विजयी स्वतन्त्र उम्मेदवारहरु पनि अवामी लिग निकटस्थ रहेको बताइएको छ । जातीय पार्टीले आठ सिट जितेको छ…