इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा जाँच केन्द्रमा अज्ञात समूहले स्वचालित बन्दुकसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगी घाइते सुरक्षाकर्मीलाई नजिकैको…