कीएभ । रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् । युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ । पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय…