बलुचिस्तानमा बम विष्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ । घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँग लडिरहेको छ । आतङ्ककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए भने त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप…