तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा "आतङ्कवादी" र इजरायलको गुप्तचर सेवा मोसादको अड्डा विरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको ब्यारेज प्रहार गरेको जनाएको छ । आईआरजीसीले मङ्गलबार बिहानै सेपाह समाचारमा प्रकाशित तीनवटा विज्ञप्तिमा आक्रमणको घोषणा गरेको छ । यी आक्रमणहरू मध्यरातमा बलुचेस्तानमा हालैका "आतङ्कवादी हमलाहरू" को प्रतिक्रियाको रूपमा गरिएको बताइएको छ ।…