गाजा । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ । प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् । गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ…