गाजामा पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ । गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । “पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय…