बेलग्रेडको विद्यालयमा गोली चल्दा नौ जनाको मृत्यु

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन । स्थानीय समयअनुसार बिहान ८ः४० बजे बेलग्रेडको व्राकर जिल्लामा रहेको एक प्राथमिक विद्यालयमा गोली चलेको थियो ।…