जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नरगिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नरगिसलाई इरान सरकारले अहिले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ । इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको…