इन्डोनेसियाको जाभा प्रान्तका हिन्दूहरु आज पनि १५ औं शताब्दीबाट चलनचल्तीमा रहेको परम्परालाई निरन्तरता दिइरहेका छन् । यादन्या कसादा भनिने उक्त परम्परालाई उनीहरुले निरन्तरता दिएका हुन् । यो परम्परामा पशु बली, भोजन र दक्षिणा ज्वालामुखीलाई चढाउँछन् । हजारौं हिन्दूहरु लावालस्कर लागेर ज्वालामुखी पहाडतिर उक्लेको दैनिकजसो देखिन्छ । कोही श्रद्धालु ब्रोमो पहाडबाट निस्केको ज्वालामुखीलाई बाख्रा चढाउन आएका…