प्रहरीको गोली लागेर उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु

नयाँ दिल्ली । प्रहरीले गोली हानेपछि घाइते भएका भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका उनलाई राजधानी भुवनेश्वरस्थित एक अस्पताल लागिएकोमा उपचारका क्रममा मन्त्री दासको मृत्यु भएको हो । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको…