किभ । युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त भएको दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । युक्रेनको डिनिप्रोका मेयरले रुसले आक्रमण गरेको अपार्टमेन्टमा फसेका मानिसहरूको बच्ने आशा कमै रहेको बताएका छन् ।…