लन्डन । बेलायतका महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर एबीमा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहको आयोजना हुनेछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतका महारानीको शव राखिएको…