हङकङ । चीनको बेइजिङस्थित ताइनामेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा हङकङ विश्वविद्यालयमा स्थापना गरिएको एउटा प्रतिमा हटाइएको छ । आठ फिट अग्लो तामाको सो प्रतिमा हटाउन रातभर मजदुर खटिएका छन् । सन् १९८९मा चिनियाँ सुरक्षाफौजले ताइनामेन स्क्वायरमा हत्या गरेका सयौं प्रजातन्त्रबादी कार्यकर्ताको स्मरणमा लासको थुप्रोबाट प्रतिमा खडा गरिएको थियो । डेनमार्कका मूर्तिकारले सो प्रतिमा बनाएका थिए…