रावलपिन्डी । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ । बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ । राजधानी इस्लामाबादको छेउमा रहेको…