पाकिस्तान आतंकवादको केन्द्र : भारतीय विदेशमन्त्री

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार राति संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै पहलगाममा आतंकवादी हमलाको निन्दा गरेका छन् । हमलाबारे उनले पाकिस्तानतर्फ संकेत गरे । पाकिस्तान आतंकवादको केन्द्र भएको उनले आरोप लगाए । भारतीय विदेशमन्त्रीले पाकिस्तानमा आतंकवादीको खुलेआम गुणगान गरिने जिकिर गरे । पाकिस्तानमा दशकौँदेखि ठूला अन्तर्राष्ट्रिय आतंकवादी हमलाको जरो रहेको उनले आरोप लगाए…