पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, छ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान-अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो । विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो । चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी)का…