गाजामा आक्रमण गरेपछि इजरायलद्वारा युद्धविरामको “नयाँ अध्यायको” घोषणा

तेल अवीव (इजरायल) । इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको” घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा “आतंककारी साइट”…