२२ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौं । आज दोलखा, सिन्धुपाञ्चोक, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी, डडेलधुरामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीको जोखिम भएका र आसपासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ…