काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका छन् । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् । नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाकाे नेपाल–चीन सिमानास्थित लेन्देखोलामा मितेरी पुल बगाएको छ ।…