काठमाडौं । प्यालेस्टाइनी विद्राेही समूह हमासको अपहरणपछि हालसम्म सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै युवाहरूले काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरेका छन् । विपिनको रिहाइमा नेपाल सरकारले कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने, नागरिकलाई देशमै बस्ने वातावरण सुनिश्चित गर्नुपर्ने, विदेशिएको हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।…