काठमाडौं । इँटाभट्टाको खलामा काम गर्दै एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मान पत्र दिएका छन्। गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा…