मधेशमा मुर्रा भैँसी पालनमा किसानको आकर्षण, दूध उत्पादन बढ्यो

महोत्तरी । मधेश प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैँसीपालन गरेसँगै मधेश प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा किसानले भैँसी पालेका हुन् । आयोजनाले मधेशका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले…