काठमाडौं । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा आज कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ । नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम…