संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल निर्वाचित

न्यूयोर्क । नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबिच औपचारिक रूपमा इकोसोकको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि क्यानडाका स्थायी…