बबई(बर्दिया) । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सहायक प्रहरी निरीक्षक टोप बहादुर बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेका बस्नेत बुधवार नेपालगन्जबाट गुलरिया आउँदै गर्दा गुलरिया नेपालगन्ज सडक अन्तर्गत हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । बस्नेतले चलाएको मोटरसाइकल टयाक्कटरको ट्रलीमा ठोकिएर घाइते भएको र उनलाई उपचारका लागि नेपालगन्ज…