भेप तस्करीमा मुछिए भाटभाटिनी साहु

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गरेका भाटभाटिनी साहु मीनबहादुर गुरुङ भेप (विद्युतीय चुरोट) तस्करीमा मुछिएका छन् । भाटभटेनी सुपरमार्केटको समान बोकेको ना. ६ ख ५४९६ नम्वरको ट्रक प्रहरी चेकपोस्ट खुर्सानीवारी सिन्धुपाल्चोकले मङ्गलवार राति पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ट्रकवाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका…