पूर्वप्रदेश प्रमुख अहिराजको पहुँच कहाँसम्म ?

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा बलात्कार आरोपमा पीडितले जाहेरी दिएको झन्डै १० महिनापछि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले झालाई आइतबार पक्राउ गरेका हुन् । पीडितले दिएको उजुरीमा झाले घरमा कोही नभएको मौका छोपेर आफूमाथि ४ जेठ २०८१ मा पटकपटक बलात्कार गरेको उल्लेख छ ।…