दाउन्ने सडकखण्ड एक वर्षमा ६३ पटक अवरुद्ध, काममा ढिलाइ

नवलपरासी । बुटवल–नारायणगढ सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म बुटवल–नारायणगढ सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक अवरुद्ध भयो । पहिरो, वर्षासँगै बग्ने माटो र हिलोले यो सडकको यात्रा सहज छैन । दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर,…