कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् । विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । आरक्ष विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उनी त्यहाँबाट विस्थापित भए । आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा झन्डै चार/पाँच…