रामेछापमा आगलागीबाट १ घर जलेर नष्ट, १ जना घाइते

रामेछाप । रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको लिखुतामाकोशी-२ सैपुमा विद्युत् सर्ट भएर गएराती आगलागी हुँदा स्थानिय चन्द्रबहादुर पौडेलको घर पूर्ण रूपमा जलेको लिखुतामाकोशी-२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । आगो निभाउने क्रममा चन्द्रबहादुर पौडेल घाइते भएका उनले बताए । पौडेललाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली अस्पतालमा…