काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआई मापन भएको छ । यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ…