कानेपोखरीको होटलमा एकजना मृत फेला

उर्लाबारी । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार डिल्लीशेर राईले सञ्चालन गरेको बान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेका व्यक्ति मृत फेला…