शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष जयानन्द पनेरुले आज मन्त्रालयमा उक्त प्रतिवेदन मन्त्री शाहीलाई बुझाएका हुन् । सरकारले गत असोज २ गते मन्त्रिपरिषद्स्तरीय निर्णयबाट तीन महिनाको कार्यावधि तोकी सो आयोग गठन गरेको थियो । उच्च अदालतका पूर्वन्यायाधीश पनेरु अध्यक्ष…