सुदूरपश्चिम र कर्णालीबाट बाहिरिन सुरु भयो मनसुन

काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । “मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” आइतबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ…