काठमाडौं । । भौतिक पूर्वाधार मन्त्रालयले पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बीपी राजमार्गकाे निरीक्षणमा गएको थियो । त्यसपछि बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा मन्त्रालय पुगेकाे जानकारी…