नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलरसहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । यात्रुवाहकलाई प्राथमिकता दिने गरी ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिएका छन् ।…