काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्वाभाविक जीवनशैलीका साथै आर्जनसमेत देखिएको भन्दै आयोगले बुधवार पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी गर्दै मुद्दा दायर…