गृहमन्त्री लामिछानेको नेतृत्वमा काठमाडौँमा ट्राफिक जनचेतना र्‍याली

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्‍याली निकालिएको छ । सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता…