काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको…