विमानस्थलबाट महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौं । भैरहवाबाट पक्राउ पर्नुभएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय लगिएको छ। सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महरालाई आज नै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला…