काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी परेकाे छ । उनीविरुद्ध एक जना युवतीले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी हुन् । युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा बस्नेतले जबरजस्ती करणी गरेको भन्दै…