पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा शनिबार (पुस १९) साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ । “पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ,” पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने । पाथीभरा क्षेत्रमा यसअघि गएको मंसिर ६ गते सामान्य हिमपात…