काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउने घोषणा गरेका छन् । हिजो सोमबार आफ्ना समर्थकसहित पशुपति मन्दिरबाट प्रसाईंले नेपाल पुनः हिन्दु अधिराज्य बनेको घोषणा गरेका हुन् । त्यसक्रममा उनले आफ्ना समर्थकलाई ‘आजको दिनदेखि नेपाललाई पुनः किरात, बौद्धसहित हिन्दु अधिराज्य नेपालको रुपमा स्थापित भएको घोषणा गर्दछौँ’ भन्ने सपथ समेत खुवाएका थिए…