ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् । प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको गत असोज २९ गते कर्तव्य गरी ज्यान मारेको आरोप लागेको छ । घटनासम्बन्धी अनुसन्धानका क्रममा उनलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो । अनुसन्धान सम्पन्न भएपछि…