राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट

काठमाडौं । माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो ।  चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई…