काठमाडौँ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको बालकुमारी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो…